सिरहामा मृत्यु भइसकेका २ हजार ७३६ जनाको नाम अझै मतदाता सूचीमा

सिरहा, १० बैशाख । स्थानीय तह निर्वाचन २०७४ पछि सिरहामा मृत्यु भएका ३ हजार ४४८ जनामध्ये २ हजार ७३६ जनाको नाम अझै मतदाता सूचीमा रहेको छ ।
स्थानीय तहले पठाएको सूचीको आधारमा ७१२ जनाको नाम मात्र सूचीबाट हटाइएको जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख इन्दिरा यादवले बताए ।
स्थानीय तहले पठाएको विवरणलाई आधार मानि नाम हटाएपनि जनशक्ति र समय अभावले सबै नाम हटाउन नसकिएको प्रमुख यादवले जनाए ।
निर्वाचन कार्यालयको अद्यावधिक मतदाता सूचीलाई आधार मान्दा लहान नगरपालिकामा ८१९, सिरहा नगरपालिकाका ७९० र धनगढीमाईका २८३ जनाको नाम सूचीमा छ ।
निर्वाचन आयोग र स्थानीय तहहरूको लापरबाहीले मृत्यु दर्ता भइसकेका व्यक्तिको नाम पनि अझै मतदाता सूचीमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


