कांग्रेसले सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति

काठमाडौं, १० बैशाख । काठमाडौं महानगरपालिकाको भावी मेयरका लागि नेपाली कांग्रेसले सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति भएको छ ।
वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको कांग्रेस शीर्ष नेतृत्वको बैठकले सिंहलाई अनुमोदन गरेलगत्तै उनी पाँच दलीय गठबन्धनबाट मेयरकी साझा उम्मेदवार हुनेछिन ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नीसमेत रहेकी सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत हुन् । शुक्रवार साँझ बसेको बैठकले सिंहलाई अनुमोदन गर्ने बारेमा सहमति भईसकेको कांग्रेस नेताहरुले बताएका छन् ।
शीर्ष नेतृत्वको बैठकले सहमति गरेपछि केन्द्रिय कार्य सम्पादन समितिको बैठकले अन्तिम नामावली सार्वजनिक गर्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


