सप्तरी, १० बैशाख । सप्तरीमा पोखरीमा डुबेर ६ वर्षीया एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको बलान बिहुल गाउँपालिका वडा नम्बर–५ रामनगर टोल बस्ने रबिन्द्र यादवको ६ वर्षीया छोरी अनुषा कुमारी यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

शुक्रबार दिउँसो सोही स्थानका धर्मनाथ यादवको पोखरीमा नुहाउने क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

पोखरीमा डुबेर मृत्यु भएको प्रहरीमा जानकारी आएपछि ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटेको प्रहरी टोलीले शवको कानुन बमोजिम प्रक्रिया पुरा गरेको र शवको पोष्टमार्टम समेत भइसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।