बारा, ९ बैशाख । बाराको कलैया उपमहानगरपालिकाका नगरप्रमुखसहित १३६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनमा फेरि उम्मेदवार बन्न उनीहरुले राजीनामा दिएका हुन् ।

कलैयाका मेयर राजेश राय यादवले १३५ जना जनप्रतिनिधिको राजीनामा बुझेपछि अन्तिममा आफूले पनि राजीनामा दिएका हुन् ।

कलैयाको कार्यपालिका १३९ सदस्यीय रहेकोमा कार्यपालिकाका ३ जना सदस्यले मात्र राजीनामा दिएका छैनन् ।

कलैयाका मेयर रायले सत्ता गठवन्धनकातर्फबाट फेरि उम्मेदवार बन्न राजीनामा दिएको उनका राजनीतिक सल्लाहकार इ. रामप्रवेश यादवले जानकारी दिए ।

सत्तारुढ गठबन्धनकातर्फबाट कलैयाको मेयर कांग्रेसले र उपमेयर जसपाले पाउने सहमति भएको छ ।