चितवन, ९ बैशाख । नेपाली कांग्रेस चितवनका नेताहरुले जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय कमलनगरमा भएको भेलाले भरतपुर महानगरपालिकाको मेयर कांग्रेसकै हुनुपर्ने अडान अघि सारेको हो ।

सत्तारुढ गठबन्धनमा भएको भागबण्डामा भरतपुरको मेयर माओवादी केन्द्रको भागमा परेको छ भने कांग्रेसले उपप्रमुख लिएको छ ।

भरतपुरको मेयर कांग्रेसकै हुनुपर्ने माग गर्दै आएका कांग्रेस नेताहरुले भने केन्द्रको निर्णयको विरोध गर्दै आएका छन् ।