दाङको एक मस्जिदमा नमाज पढिरहेकाहरुमाथि आक्रमण, ८ जना घाइते

दाङ, ९ बैशाख । दाङको लमहीको एक मस्जिदमा नमाज पढिरहेकाहरुमाथि आक्रमण भएको छ ।
अज्ञात समूहले गरेको यो आक्रमणबाट ८ जना घाइते भएका छन् । एक जना गम्भीर अवस्थामा रहेका छन् । घाइते ७ जनाको अवस्था सामान्य रहेको र अन्य केहीलाई सामान्य चोटपटक लागेको बताइएको छ ।
सुनन्त फैजाने रजा मस्जिदमा यो आक्रमण भएको हो । आक्रमण कसले गरेको हो भन्ने अहिलेसम्म थाहा भएको छैन । नमाज पढिरहेकाहरुमाथि अपरिचित व्यक्तिहरुको समूहले धारिलो हतियार र इँटा प्रहार गरेका थिए ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये चार जनालाई जानकी मेडिकलमा र अरुलाई लमही अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


