जनकपुरधाम, ९ बैशाख । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र कुमार साह तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रभावशाली युवा नेतासमेत रहेका वडाध्यक्ष साह शुक्रबार औपचारिक रुपमै लोसपा परित्याग गरी तमलोपाको सदस्यता लिएका हुन् ।

वडाध्यक्ष साहले लोसपाभित्र जिल्लास्तरमा एकलौटी निर्णय गर्ने परम्परा नै हावी भएको र सक्रिय नेता कार्यकर्तालाई समेत कुनै सम्मान नरहेकोले आफूले पार्टी परित्याग गरेको बताए ।

नवप्रवेशी साहलाई तमलोपाका अध्यक्ष बृषेशचन्द्र लाल, वरिष्ठ नेता डा. विजय कुमार सिंह, जिल्ला अध्यक्ष धिरेन्द्र बहादुर सिंहलगायतकाले टिका लगाई पार्टीमा स्वागत गरेका छन् ।