जनकपुरधाम, ९ बैशाख । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले पदबाट राजीनामा दिएका छन् ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा चुनाव लड्न वडाध्यक्ष साहले पदबाट राजीनामा दिएका हुन् ।

उम्मेदवार बन्न हालको पद त्याग गर्नुपर्ने प्रावधानअनुसार आफूले उपमहानगरको प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न प्रसाद उपाध्यायसमक्ष राजीनामा पत्र बुझाएको साहले जानकारी दिए ।

साह ०७४ सालको निर्वाचनमा तात्कालिन राजपाबाट जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।