जनकपुरधाम, ८ बैशाख । धनुषा प्रहरीले चोरीको मोटरसाइकल सहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनिया वडा नम्बर–३ बस्ने २७ वर्षीय जिलानी राईन रहेको प्रहरीले जनाएको छ ।

गत चैत ३० गते रातीको समयमा मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर–३ बस्ने राजेश साहको घरको कम्पाउण्डमा पार्किङ गरेर राखिएको AS01BR7901 नम्बरको मोटरसाइकल चोरी गरेर उनी फरार भएका थिए ।

मोटरसाइकल चोरी भएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी तुलसियाहीबाट खटेको प्रहरी टोलीले मोटरसाइकल खोजतलास गर्ने क्रममा बुधबार मुखियापट्टी वडा नम्बर–३ स्थित तुलसिया–जनकपुरधाम सडक खण्डमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा राईनलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका उनलाई नियन्त्रमा लिई चोरी शिर्षक मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।