दुई वर्षीया छोरीको हत्या गरेकी एक आमा ६ वर्षपछि पक्राउ

सप्तरी, ८ बैशाख । सप्तरीमा दुई वर्षीया छोरीको हत्या गरेकी एक आमालाई प्रहरीले करिब ६ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हनुमानगर कंकालिनी नगरपालिका–७ बस्ने रानी देवी मण्डल रहेको प्रहरीले जनाएको छ ।
२०७३ साल साउन १२ गते रानीले आफ्नो २ वर्षीया छोरी प्रमिलाको हत्या गरेर नदीमा आएको बाढीमा फालेपछि उनकै श्रीमान सुर्यनारायण मण्डलले जाहेरी दिएका थिए ।
यस मुद्दामा जिल्ला अदालत सप्तरीले २०७५ फागुन १५ गते २० वर्ष कैद हुने गरी फैसला सुनाएको थियो । फैसला पश्चात फरार रहेकी रानीलाई बिहिवार बिहान राजगढ गाउँपालिका–५ मलेखपुर गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
पक्राउ परेकी प्रमिलालाई कैद भुक्तानका लागि कारागार कार्यालय राजबिराज पठाइएको डीएसपी काफ्लेले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


