खडक नगरपालिकामा माओवादी केन्द्र र नेकपा एसबीच चुनावी गठबन्धन

सप्तरी, ८ बैशाख । स्थानीय तह निर्वाचनको लागि सप्तरीको खडक नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको छ ।
सत्ता साझेदार पाँच दलले गठबन्धन बनाउने सहमति अनुसार खडक नगरपालिकामा यी दुई पार्टीबीच गठबन्धन भएको हो ।
परिवर्तन विरोधी शक्तिहरु सक्रिय भईरहेको अवस्थामा देशको परिस्थिति अनुसार वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा जिल्ला जिल्लामा स्थानिय तहलाई परिवर्तनकारी पार्टीहरु मिलेर बनेको महागठबन्धनको भावना अनुसार प्रतिगामी तत्वहरुलाई परास्त गर्न सप्तरी जिल्लाको खडक नगरपालिकामा समेत नेपाल माओवादी केन्द्र र एकिकृत समाजवादीबिच तालमेल गरी चुनाव लडने सहमति अनुसार माओवादी केन्द्रबाट खडक नगरपालिकाको नगर प्रमुखमा जय प्रकाश चौधरी र एकिकृत समाजवादीको तर्फबाट नगर उपप्रमुखमा शत्रुघन प्रसाद साह (आजाद) लाई अघि सार्ने सहमति भएको दुई पार्टीका नगर अध्यक्षद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
माओवादी केन्द्र खडक नगर कमिटी अध्यक्ष जय प्रकाश चौधरी र एकिकृत समाजवादीका नगर अध्यक्ष विजय कुमार साहद्धारा जारी संयुक्त विज्ञप्तीमा नगरपालिकालाई सहि दिशा, नीति र सक्षम नेतृत्व प्रदान गर्न दुवै पार्टीले नगरपालिकाको वडाहरुमा समेत तालमेल गरी जाने सहमति भएको जनाएको छ । साथै चुनावी कार्यक्रम र प्रचार प्रसारदेखि मतदान समेत गर्न गराउन सम्बन्धीत दुवै पार्टीका नेता तथा कार्यकर्ताहरुमा विज्ञप्तीमा आग्रह गरिएको छ ।
सहमति अनुसार नेकपा माओवादी केन्द्रबाट वडा नम्बर १, २, ६, ८ र १० तथा नेकपा एकीकृत समाजवादीले वडा नम्बर ४, ५, ७, १० र ११ मा वडा अध्यक्षको उम्मेदवारी दिने निर्ण भएको छ भने वडा नम्बर ३ र ९ मा छुट्टाछुट्टै उम्मेदवारी दिने निर्ण भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


