जनकपुरधाम, ८ बैशाख । स्थानीय तहको मेयर बन्न एकजना प्रदेश सभा सदस्यले पदबाट राजीनामा दिएका छन् ।

चितवनको भरतपुर महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्न बागमती प्रदेशका प्रदेश सभा सदस्य विजय सुवेदीले पदबाट राजीनामा दिएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रदेश सदस्य सुवेदीले बिहीबार सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा पत्र बुझाएका छन् ।

बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा उठ्न आफूले राजीनामा दिएको सुवेदीले बताए ।

सुवेदी चितवनको क्षेत्र नम्बर २ को ‘ख’ बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका थिए ।