चोरीको मोटरसाइकल सहित वडाध्यक्ष पक्राउ

काठमाडौं, ८ बैशाख । चोरीको मोटरसाइकल सहित एक वडाध्यक्ष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका–१ का वडाध्यक्ष हिरालाल पुन रहेका छन् ।
वैशाख ४ गते जाजरकोट नलगाड–१ कल्पतस्थित सडकमा सवारीधनी कागजात नभएको लु ५९ प ०२१७ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट खटिएको प्रहरीले मोटरसाइकल बरामद गरेको थियो ।
प्रहरी अनुसन्धानका क्रममा उक्त मोटरसाइकल नलगाड नगरपालिका–१ का वडाध्यक्ष हिरालाल पुनले चलाइरहेको खुलेको थियो ।
वडाध्यक्षलाई खोजतलासको क्रममा ६ वैशाखमा प्रहरी टोलीले फेला पारेको थियो । जाजरकोट जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी पुनमाथि थप अनुसन्धान भइरहेको छ ।
पक्राउ परेका वडाध्यक्ष अहिले प्रहरीको हिरासतमा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


