महोत्तरी, ८ बैशाख । महोत्तरी प्रहरीले अवैध रुपमा गिट्टीबालुवा उत्खनन गर्ने चारवटा टिपरलाई नियन्त्रणमा लिएको छ ।

बिहिवार बिहान महोत्तरीको बर्दिबास नगरपालिका–६ किसाननगरस्थित रातु खोलाबाट अबैध रुपमा गिट्टी बालुवा उत्खनन तथा ओसारपसार भईरहेको सूचना पश्चात प्रहरीले खोलाबाट चारवटा टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

प्रहरीले ना ८ ख २०४६ , ना ८ ख ११३८ , प्रदेश २–०३–००१ क ०३४८ र प्रदेश २–०३–००१ ख १८९९ नम्बरको टिपर नियन्त्रणमा लिएर थप कारवाहीका लागि जिल्ला समन्वय समिति जलेश्वरमा पठाएको जिल्ला पहरी कार्यालय महोत्तरीले जनाएको छ ।