अक्सिजन प्लान्टमा भएको विस्फोटको घटनाको छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, ८ बैशाख । गृहमन्त्री बालकृष्ण खाँणले ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको घटनाको छानबिन गर्न निर्देशन दिएका छन् ।
मन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेल र ललितपुरका सशस्त्र प्रहरी प्रमुख विकास घिमिरेलाई टेलिफोनमार्फत घटनाको छानबिन गर्न निर्देशन दिएका हुन् ।
घाइतेहरूको तत्काल उपचारको व्यबस्था मिलाउन पनि उनले निर्देशन दिएका छन् । आज बिहान करिब १० बजेतिर भएको विस्फोटमा परी एकको मृत्यु र सातजना घाइते भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


