युवाले मिहिनेत नगर्ने बानी हटाउनुपर्छ : ओली

काठमाडौं, ७ बैशाख । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूमा रहेको देशभक्ति सुशासनको आकांक्षा, सामाजिक सद्भाव, राष्ट्रिय एकता, सम्मृद्ध नेपाल सुखी नेपालीको परिकल्पना पुरा गर्ने अठोटबाट अत्यन्त खुसी लागेको बताएका छन् ।
ललितपुरको गोदावरीमा आयोजित ‘युवासँग म’ कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले युवामा कुरा गर्ने काम नगर्ने, अपेक्षा गर्ने मिहिनेत नगर्ने बानी भए हटाउनु पर्ने बताए ।
उनले भने, ‘नेपाल अर्थात हामी बसेको भूभागबाटै शैव सभ्यता सुरु भएको थियो । गीत, संगीत, कला, नृत्य यहीबाट सुरु भएको थियो । नेपाल अहिले मात्रै विकास नभएको हो । नेपाल कहिल्यै विकास नभएको होइन । हामीले त्यो विकासलाई निरन्तरता दिन मात्रै नसकेको हो । विभिन्न दर्शन र योगको सुरुवात यही भूमिबाट यही भएको हो । औषधि उत्पादन, खगोल शास्त्रीय अध्ययन अनुसन्धान, ज्ञान विज्ञानको अध्यन यहीबाट सुरु भएको हो । यसकारण त यस भूमिलाई ज्ञान भूमि, ध्यानभूमि, आविस्कार भूमिका रुपमा हाम्रा पुर्खाले अगाडि बढाएका थिए । यो भूभाग र यहाँका मानिस आदिविद्धान थिए । तिनै पुर्खाको जिन हामीसँग छ ।’
यसकारण हामी हाम्रो देशलाई सहजै विकसित गराउन सक्ने उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


