प्रदेशका अर्थमन्त्री चढ्ने गाडीको ठक्करबाट एकजनाको मृत्यु

कास्की, ७ बैशाख । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल चढ्ने गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
अर्थमन्त्री बराल चढ्ने ग १ झ ४४५ नम्बरको गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो ।
पोखरास्थित गगन गौंडामा वैशाख १ गते कार्यक्रममा गएका अर्थमन्त्री बराल गाडीबाट ओर्लिएपछि पार्किङ गर्न खोज्दा मोटरसाइकललाई ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट गम्भिर घाइते भएका मीनबहादुर पाइजाको उपचारको क्रममा वैशाख ४ गते मृत्यु भएको थियो । त्यस्तै सोही दुर्घटनामा परेर मीनबहादुरकी पत्नी घाइते भएकी छन् ।
ठक्कर दिने मन्त्री बरालको गाडीका चालक पोखरा महानगरपालिका–८ घर भएका ३० वर्षीय राम गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले बताए ।
चालक गिरीलाई ‘सवारी ज्यान मुद्दा’ मा म्याद लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


