जनकपुरधाम, ७ बैशाख । महोत्तरीमा मंगलबार राति आएको हावाहुरीमा परेर एक महिलाको मृत्यु भएको छ ।

मंगलबार राति आएको हावाहुरीले घरको जस्तापाता झरेर घाइते भएकी जलेश्वर नगरपालिका वडा नम्बर–८ रतवारा बस्ने ४५ बर्षीया कुशन देवी मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मुखियाको उपचारको लागि अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति हावाहुरी चलेपछि आफ्नै गोठमा भैसी बाध्ने क्रममा घरको छाप्रो माथिबाट जस्ता झर्दा उनको निधारमा गहिरो चोट लागेको थियो ।