मोरङ, ७ बैशाख । मोरङको ग्रामथान गाउँपालिका–७ बजरंगबलीमा मंगलबार बेलुकी मोटरसाइकलको चक्कामा आफैँले लगाएको सल बेरिँदा लडेर एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–८ की २१ वर्षीया रेश्मा नेपाली रहेकी छन् । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरस्थित बिराट नर्सिङहोममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो बेलुकी पौने ७ बजे को ३८ प २२ ०३ नम्बरको मोटरसाइकलको पछाडि सवार उनले लगाएको लेहेङगाको सल मोटरसाइकलको चक्कामा बेरिँदा उनी मोटरसाइकलबाट लडेकी थिइन् ।

मोटरसाइकलसहित चालकलाई ईलाका प्रहरी कार्यालय हरैचाले नियन्त्रणमा लिएको छ ।