जनकपुरधाम, ७ बैशाख । डा.सीके राउत नेतृत्वको जनमत पार्टीका एक नेताले पार्टी परित्याग गरेका छन् ।

जनमत पार्टीका पिपरा गाउँपालिकाका सचिव दीपेन्द्र कुमार ठाकुर जनमत पार्टी परित्याग गरि तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका हुन् ।

नव प्रवेशी ठाकुरलाई तमलोपाका अध्यक्ष बृषेशचन्द्र लाल, वरिष्ठ नेता डा. विजय कुमार सिंह र केन्द्रीय सदस्य उमेश मण्डलले टिका लगाई स्वागत गरेका छन् ।