भंगहा नगरपालिकाका मेयरले लगाए कुमारी बैंकमा ताला

जनकपुरधाम, ७ बैशाख । सामाजिक सुरक्षा भत्ता नबाँटेको भन्दै महोत्तरीको भंगहा नगरपालिका मेयरले कुमारी बैंकमा ताला लगाएका छन् ।
नगरपालिकाबाट खातामा जम्मा गरेको पैसा बैंकले चार महिनासम्म पनि वितरण नगरेको भन्दै नगरप्रमुख सञ्जिव कुमार साहले सीतापुर बजारमा अवस्थित सो बैंकको मूलगेटमै ताला लगाएका हुन् ।
उनले भने, ‘नगरपालिकाले करिव ४÷५ महिना पहिले वृद्धभत्ता र एकल महिला भत्ताको पैसा बैंकमा जम्मा गरिसक्दा पनि हालसम्म बैंकले भत्ता नबाँटेकोले बाध्य भएर ताला लगाएको हुँ ।’
बैंकलाई पटक पटक भत्ता बाँड्न आग्रह गरेपनि कुनै सुनुवाई नगर्दा आज ताला लगाएको उनले प्रतिक्रिया दिए ।
नगरप्रमुख साहले बैंकमा तालाबन्दी गरेपछि बैंकको सम्पूर्ण सेवा प्रभावित भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


