जनमत पार्टीले जनकपुरधामको मेयरमा अनितालाई उठाउने

जनकपुरधाम, ६ बैशाख । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।
जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा अनिता देवी साहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पार्टीको केन्द्रीय सचिव समेत रहेकी साहलाई मेयरको उम्मेदवार बनाउन सिफारिस गरिएको डा. सीके राउतको सचिवालयले जनाएको छ ।
यसअघि सोमबार जनमत पार्टीले ११० वटा पालिकाको प्रमुख तथा उपप्रमुखको टुंगो लगाएको थियो ।
जनमतले निर्णय गर्न बाँकी रहेका वा दाबी विरोधबाट ‘विचाराधीन’ अवस्थामा पुगेका उम्मेदवारहरू बारे निर्णय पछि गरिने जनाएको छ ।जनमत पार्टीले वैशाख ७ र ८ गते जनकपुरधाम, विराटनगर र भैरहवाबाट वडाध्यक्षको टिकट वितरण गर्ने जनाएको छ ।
पार्टीका केन्द्रीय महासचिव चन्दन सिंहले ३० जिल्लाबाट आएका पार्टीका नेताहरुले पालिकाका लागि उम्मेदवार टुंगो लगाएको जानकारी दिए ।
उनले विभिन्न पालिकामा एकभन्दा बढी आंकाक्षी रहे पनि एक ढिक्का भएर उत्साहका साथ मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षसहित सदस्यहरुको नाम टुंगो लागेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


