मतपत्र छपाइ १० दिनमा सकिन्छ : आयोग

काठमाडौं, ६ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतपत्र छपाइ बढीमा १० दिनमा सकिने जनाएको छ ।
काठमाडौंमा मंगलबार आयोजित अन्तरक्रियामा बोल्दै आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले यस्तो बताएका हुन् ।
उनले हालसम्म १ करोड मतपत्र छपाइ भइसकेको बताए । अब धेरै छपाइ बाँकी नरहेको भन्दै उनले छपाइ भएको मतपत्र ४६ जिल्लाको लागि भएको जानकारी दिए ।
मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छपाइ गरिरहेको छ । आयोगले जिल्लामा दलगत स्थितिलाई ध्यानमा राखेर मतपत्र छपाइ गर्दै आएको छ ।
आयोगका प्रवक्ता पौडेलका अनुसार काठमाडौंमा ४६ वटा दलका लागि मतपत्र छपाइ भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


