कैलाली, ६ बैशाख । थारू कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरीको निधन भएको छ ।

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य प्रभात चौधरीले जानकारी दिए ।

चौधरी वैशाख ३ गते धनगढीको ट्राफिक चौराहमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए । उनको टाउको, खुट्टा र आँखामा गम्भीर चोट लागेको थियो ।

चौधरी थारू आन्दोलनका अगुवा नेता हुन् । ७२ साल भदौमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनापछि उनी जेल परेका थिए ।

थरूहट आन्दोलनका क्रममा टीकापुरमा हिंसा भड्किँदा एक नाबालक र प्रहरी वरिष्ठ उपरीक्षकसहित ८ जना प्रहरीले ज्यान गुमाएका थिए ।