काठमाडौं, ६ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको कारण समावेश गरिएको पार्टीका उपमहासचिव डा. विजय पौडेलले जानकारी दिए ।

घोषणापत्रमा निशुल्क खानेपानी, सुखी जिन्दगानीको नारा, प्रत्येक घर परिवारलाई मासिक २ सय युनिट बिजुली उपलब्ध गराउने, हरेक पालिकामा महिला, युवा र श्रमिक विभाग हुने, भ्रष्टाचार निर्मुल पार्ने, घरेलु पेय पदार्थलाई अन्तर्राष्ट्रिय क्षेत्रमा ब्रान्डिङलगायतका बुँदा समेटिएका छन् ।