झापाबाट ब्राउन सुगरसहित दुईजना पक्राउ

झापा, ५ बैशाख । प्रहरीले झापाबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१० सिन्धुपाल्चोक घर भई झापा विर्तामोड नगरपालिका–८ बस्दै आएका २८ वर्षीय सविन गोले तामाङ र आठराई गाउँपालिका–७ तेह्रथुम घर भई विर्तामोड–८ बस्दै आएका २७ वर्षीय धनवीर बराल रहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
सोमबार दिउँसो इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मेचीनगर नगरपालिका–६ बाट पक्राउ गरेको हो ।
भारतबाट नेपाल आउँदै गरेका तामाङ र बराललाई चेकजाँचको क्रममा उनीहरूको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको कार्यालयले जनाएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


