स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का दुई केन्द्रीय सदस्य निष्कासित

काठमाडौं, ५ बैशाख । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का दुई केन्द्रीय सदस्य निष्काशनमा परेका छन् ।
केन्द्रीय सदस्यहरु दीपक पोखरेल र हिक्मत ‘हिमाल’ शाही निष्कासनमा परेका हुन् ।
संगठनको अनुशासन उल्लङ्घन गरेको र संगठन विरोधी क्रियाकलापमा संलग्न भएको हुनाले उनीहरुलाई संगठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको अध्यक्ष हरिकृष्ण गजुरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


