निर्वाचन आयोगद्वारा स्थानीय तह निर्वाचनको तयारी तीव्र

काठमाडौं, ५ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारी तीव्र बनाएको छ ।
आयोगले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि चाहिने सामग्रीहरु केही नेपाल भित्रिसकेको र केही आउने क्रममा रहेको जानकारी दिएको छ ।
आयोगले १ करोड ९४ लाख मतपत्र मध्ये हालसम्म ४६ जिल्लाका ९५ लाख २५ हजार थान मतपत्रको छपाइ सम्पन्न भएको पनि जानकारी दिएको छ ।
सोमबारको नियमित पत्रकार सम्मेलनमा आयोगले आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल र नेताहरुसँग जवाफ मागिएको पनि जनाएको छ ।
आयोगले विभिन्न राजनीतिक दल र नेताहरुले आचारसंहिता उल्लंघन गरेको भन्ने गुनासोका आधारमा जवाफ मागिएको बताउँदै त्यसमध्ये कतिपयले जवाफ पेश गरेको र केही आउने क्रममा रहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


