सत्तारुढ गठबन्धनले जिल्ला अध्यक्षहरूसँग छलफल गर्दै

जनकपुरधाम, ५ बैशाख । मधेस प्रदेशमा पाँचदलीय सत्तारुढ गठबन्धनले जिल्ला अध्यक्षहरूसँग छलफल गर्न लागेको छ ।
आइतबारदेखि सुरु भएको गठबन्धनको बैठक स्थगित गरेर गठबन्धनले प्रदेशका आठवटै जिल्लाका अध्यक्षहरूसँग छलफल गर्न लागेका हुन् ।
जिल्ला अध्यक्षहरूसँग पालिकाको अवस्था बुझ्न छलफल गर्न लागिएको छ । नेपाली काँग्रेस मधेस प्रदेश कार्यालयमा बस्ने बैठकमा जिल्ला अध्यक्षहरूसँग दुई चरणमा छलफल गरिने नेकपा माओवादी केन्द्रका मधेस प्रदेश इन्चार्ज गणेश साहले जानकारी दिए ।
तालमेलको मोडालिटी टुंगो लगाउनु अघि जिल्ला अध्यक्षहरूसँग छलफल गर्न लागिएको जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवले बताए । उनले आइतबारदेखि बसिरहेको प्रदेश पदाधिकारीको बैठकमा नेताहरुले जिल्लागतरुपमा आ–आफ्नो पार्टीको अवस्थासहितको दावी प्रस्तुत गरिएको बताइएको छ ।
जिल्ला अध्यक्षहरूसँग छलफल गरेर मंगलबारसम्म निष्कर्षमा पुगिने अध्यक्ष यादवले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


