निर्वाचन आयोगले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने

काठमाडौं, ५ बैशाख । निर्वाचन आयोगले राष्ट्रिय समाचार माध्यमका निर्वाचनसम्बन्धी रिर्पोटिङ गर्ने समाचारदाता र फोटो पत्रकारहरूसँग अन्तरक्रिया गर्ने भएको छ ।
सोमबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भोलि काठमाडौंमा सो अन्तरक्रिया कार्यक्रम गर्न लागिएको जानकारी गराएका हुन् । यसअघि निर्वाचन आयोगले प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।
त्यसैगरी आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साइनबोर्ड, लेटर प्याड र छापको नमूना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत् पठाउन पनि पत्राचार गरेको छ ।
साइन बोर्ड, लेटर प्याड र छाप सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा एकरूपता ल्याउनका लागि सोको नमूना पढाउन निर्देशन दिइएको पनि आयोगका प्रवक्ता पौडेलले बताए ।
आयोगले स्थानीय तह निर्वाचनको लागि आजको मितिसम्म ४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छपाई गरिसकिएको पनि जनाएको छ । १ करोड ९४ लाख थान मतपत्र आवश्यक पर्नेमा हालसम्ममा सो परिणाममा मतपत्र छपाई सकिएको पनि प्रवक्ता पौडेलले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


