क्रान्तिकारी माओवादीबाट विद्रोह गरेका राई समूह माओवादी केन्द्रमा समाहित

काठमाडौं, ५ बैशाख । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबाट विद्रोह गरेका नागेन्द्र राई समूह नेकपा माओवादी केन्द्रमा समाहित भएको छ ।
राई समूहसहित नेपाल लोकतान्त्रिक जनता कांग्रेस पार्टी पनि सोमबार माओवादी केन्द्रमा समाहित भएका हुन् ।
माओवादी केन्द्रका वार्ता संयोजक कृष्णबहादुर महरा, नेपाल लोकतान्त्रिक जनता कांग्रेसका अध्यक्ष जितबहादुर चौधरी र नेकपा क्रान्तिकारी माओवादीका पोलिट्ब्युरो सदस्य नागेन्द्र राईले सोमबार संयुक्त रुपमा जारी विज्ञप्ति जारी गरेर पटक पटकको छलफल र बहसपश्चात सोमबारदेखि माओवादी केन्द्रमा राई समूह र नेपाल लोकतान्त्रिक जनता कांग्रेस समाहित भएको जानकारी दिएको हो ।
वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र नेपाल लोकतान्त्रिक जनता कांग्रेस तीन बुँदे सहमति गर्दै माओवादी केन्द्रमा समाहित भएका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


