जनकपुरधाम, ४ बैशाख । सर्लाहीमा साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कविलासी नगरपालिका–५ बस्ने ६८ वर्षीय अच्छेलाल राय यादव रहेका छन् ।

शनिबार साँझ मलंगवा नगरपालिका–१० जिविस चोकस्थित सोही स्थानका राममोहोन पण्डितका छोरा १४ वर्षीय जित कुमार पण्डितले चलाएको साईकलको ठक्करबाट यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले साइकलको ठक्करबाट घाईते भएका रायलाई उपचारका लागि ओम अस्पताल मलंगवामा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जानकारी दिए ।

ठक्कर दिने साइकल र साईकल चालक प्रहरीको नियन्त्रणमा रहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।