विवेकशील साझाले काठमाडौंको मेयर र उपमेयरमा महिला उम्मेदवार उठाउने

काठमाडौं, ३ बैशाख । विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा महिला उम्मेदवार उठाउने भएको छ ।
शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी विवेकशील साझा पार्टीको तर्फबाट मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाइएको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा दुवै उम्मेदवारको तर्फबाट काठमाडौं महानगरपालिकाको निर्वाचनका लागि प्रतिज्ञापत्र पनि सार्वजनिक गरिएको छ ।
काठमाडौं महानगरभित्र समस्याको चाङ रहेको र विज्ञहरूको सुझाव लिएर ती सबै समस्याहरूको समाधान गर्दै लैजाने गरी प्रतिज्ञापत्र सार्वजनिक गरिएको मेयरका उम्मेदवार बाँस्कोटाले बताइन् । उनले आफूहरू विजयी भएमा काठमाडौं महानगरपालिकामा विकास, निर्माणको कामले उचाई लिने पनि बताए ।
पार्टीका संयोजक मिश्रले प्रदुषित, अव्यवस्थित र कंक्रिटको जंगलका रूपमा रूपान्तरित भएको काठमाडौं महानगरपालिकाको स्वरूपमा परिवर्तन ल्याउने गरी आफ्नो पार्टीले मेयर र उपमेयरको उम्मेदवार बनाएको दाबी गरिन् ।
प्रतिज्ञापत्रमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाहमा जोड दिने, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको प्रबन्ध गर्ने तथा नेवाः कला संस्कृतिको संरक्षण, विद्युतीय यातायातको व्यवस्था, नदी, कुवा, तलाऊ, खोलानालाको सफाइ गर्ने उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


