हनुमान जयन्तीमा वृक्षारोपन र सरसफाइ

जनकपुरधाम, ३ वैशाख । हनुमान जयन्ती र वैशाख स्नान प्रारम्भको अवसरमा स्वच्छता अभियन्ताहरुले सरसफाइ एवम् वृक्षारोपन गरेका छन् ।
हनुमान जयन्तीको अवसरमा जनकपुरधामको पवित्र सरोवर गंगासागरको नियमित रुपमा सरसफाइ गरिएको छ।
त्यसैगरी पर्यावरण अभियानीहरूले जनकपुरधाम रेल्वे स्टेसन परिसरमा स्थापित हनुमान मन्दिरको सरसफाइ, मन्दिर परिसर र मधेस भवन अगाडिको मुख्य सडक पेटीमा वृक्षारोपण पनि गरेका छन्।
सरसफाइ र वृक्षारोपन कार्यक्रममा प्रदेश सांसद रामअशिष यादव, सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष अधिवक्ता राजकुमार महासेठ, कोषाध्यक्ष स्वच्छता अभियन्ता रवि गोयन्का, हनुमान मन्दिरका अध्यक्ष युवा उद्योगी कमल प्रसाद हाथी, स्वच्छता अभियानी बजरंग यादव, कृष्ण चन्द्र साह, अभियन्ताहरू जगदीश साह, मनोज राय, अजय महतो, मनिष सहनी, मनिष गुप्ता, उमेश साह, युवा व्यवसायी श्याम चौधरी, संजय यादव, प्रबल सिंहसहित स्थानीय युवाहरूको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


