रौतहट, २ बैशाख । रौतहटको बौधीमाई नगरपालिकाकी उपमेयर प्रेमलता कुशवाहा नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

तत्कालीन मधेसी जनाधिकार फोरमबाट उपमेयरमा निर्वाचित भएकी उनी शुक्रबार मौलापुरमा भएको एक कार्यक्रमका बीच एमालेमा प्रवेश गरेकी हुन् ।

कुश्वाहालाई एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले माला र टिका लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा मौलापुरका नगरप्रमुख रिना साहले आगामी स्थानीय तहको निर्वाचनमा एमालेको पक्षमा मतदान गर्न आग्रह गरेकी थिइन् ।