पर्सा, २ बैशाख । नेकपा माओवादी केन्द्र वीरगञ्ज महानगरका अध्यक्ष रहबर अन्सारीमाथि पार्टीको जिल्ला कमिटीले गरेको कारबाही तत्काल लागू नहुने भएको छ ।

जिल्ला पार्टी कार्यालय तोडफोड गरेको आरोप लगाउँदै ३० चैतमा माओवादीको पर्सा जिल्ला समितिले अन्सारीलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो ।

तर माओवादी केन्द्र मधेस प्रदेश समितिका इन्चार्ज गणेश साहले जिल्ला समितिको निर्णयको प्रक्रिया गलत भएकाले त्यो तत्काल लागू नहुने बताए ।

माओवादीको विधान अनुसार जिल्ला समितिले कारबाहीको सिफारिस मात्रै गर्न सक्ने र प्रदेश समितिले त्यसबारे निर्णय गर्न सक्छ ।साहले पार्टी कार्यालय भएको तोडफोडको विषयमा छानविन भइरहेको बताए ।

अन्सारीले पनि पार्टी कार्यालय तोडफोडमा आफ्नो संलग्नता नभएको भन्दै जिल्ला समितिले गरेको निर्णय अवैध रहेको बताएका थिए ।