सप्तरीमा भएको आगलगीमा परेर एक बालकको मृत्यु

जनकपुरधाम, २ बैशाख । सप्तरीमा भएको आगलगीमा परेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको बोदेबरसाई नगरपालिका–१० मा शुक्रवार अपरान्ह ४ बजे आगलागी हुँदा शत्रुधन यादवका ५ वर्षीय छोरा सैलेश यादवको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बोदेबरसाईन–१० अमरैया टोल बस्ने शत्रुधन यादव, मिन्टु यादव र ओम यादवको संगोलमा रहेको कच्ची घरमा आगलागी हुँदा सोहीमा परेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
त्यस्तै तीनै भाईको संगोलमा रहेको घरमा आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको हो ।
सोही आगलागीमा परेर रघुनन्दन यादवको घरमा आगो लाग्दा घर र घरभित्र रहेको सामान पूर्णरुपमा जलेको हो । आगलगीबाट रघुनन्दनको ४ लाख बराबरको क्षती भएको हो । त्यस्तै जागेश्वर यादवको पक्की घरको एउटा झ्यालमा आगलागी हुँदा २० हजारको क्षती भएको प्रवक्ता काफ्लेले बताए ।
आगो नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियको सहयोगमा पौने ५ बजे नियन्त्रणमा आएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


