बाँकेमा भीषण आगलागी हुँदा १२ घर जलेर नष्ट

बाँके, २ बैशाख । बाँकेमा भीषण आगलागी हुँदा १२ घर जलेर नष्ट भएको छ ।
जिल्लाको राप्तीसोनारी गाउँपालिका–२, टीकुलीपुरमा आगलागी हुँदा सो क्षति भएको हो ।
शुक्रबार दिउँसो साढे २ बजे एक घरबाट सुरु भएको आगो बस्तीभर फैलिएको थियो । आगलागी अहिले लगभग नियन्त्रणमा आइसकेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ । के कारणले आगलागी हुन गएको भन्नेबारे प्रहरीले अनुसन्धान पनि सुरु गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


