कांग्रेसको उत्कृष्ट चुनावी गीत बनाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिइने

काठमाडौं, २ बैशाख । सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नो पार्टीको पक्षमा राम्रो चुनावी गीत बनाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
कांग्रेस प्रवक्ता प्रकाशरण महत संयोजकत्वको सांस्कृतिक समन्वय उपसमितिले पार्टीको पक्षमा राम्रो चुनावी गीत बनाउनेलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
उपसमितिले प्रसार सांस्कृतिक समन्वय उपसमितिको फेसबुक म्यासेन्जरमा लिंक गरी पठाउन सकिने सुविधा दिएको छ ।
‘दर्शक, श्रोता तथा छनोट समितिको निर्णय बमोजिम पार्टीको पक्षमा तयार पारिएको उत्कृष्ट गीतलाई २,७५ ०००।– (अक्षेरेपी दुईलाख पचहत्तर हजार रुपैयाँ मात्र) धनराशिबाट पुरस्कृत गरिने व्यहोरा सम्पूर्ण लोकतन्त्रवादी कलाकारहरुमा जानकारी गराउँदछु,’ उपसमितिको निर्णयमा उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


