शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको शुरुवात

काठमाडौं, २ बैशाख । वैदेशिक रोजगार कार्यालय ताहाचललाई शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको शुरुवात भएको छ ।
सरकारले अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको संस्थागत श्रम स्वीकृति (पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति) अनलाइन प्रणाली लागू गरेको हो ।
शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको शुभारम्भ गरे ।
शुभारम्भ कार्यक्रममा बोल्दै श्रममन्त्री श्रेष्ठले सरकारले अहिले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको हकहितभन्दा बाहेक अन्य कुनै पनि निर्णय नगर्ने बताए ।
उनले सरकारले संस्थागत रूपमा श्रम स्वीकृति अनलाइन प्रणाली लागू गर्दा मेनपावर कम्पनीका प्रतिनिधिहरूको रोजगारी गुमेको गुनासो आउन थालेको बताए ।
मन्त्री श्रेष्ठले मेनपावरका कर्मचारीहरुलाई बेरोजगार बनाउने उद्देश्यले नभएर प्रणालीलाई सिस्टममा ल्याउँदा यस्तो अवस्था आएको दाबी गरे ।
वैदेशिक रोजगार कार्यालयले अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको काममा ढिलासुस्ती र कसैलाई दुःख दिने कुरा मनैदेखि हटाउन कर्मचारीलाई निर्देशन पनि दिए ।
अब सरकारले वैदेशिक रोजगारीसम्बन्धि सबै काम अनलाइन प्रणालीमार्फत् गर्ने तयारीमा मन्त्रालय रहेको मन्त्री श्रेष्ठको भनाइ छ ।
कार्यालय प्रमुख रमेश अर्यालले अबको एक हप्तापछि व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइन प्रणालीबाट नै गर्ने तयारीमा कार्यालय रहेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


