पर्सा, २ बैशाख । पर्सामा ६ वर्षीया बालिकाको बलात्कार गरेको आरोपमा ५५ वर्षीय एक पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ का पलट चौधरी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

शनिबार दिउँसो करिब १ बजे ६ वर्षीया बालिका खेल्न आएको बेला आफू बस्दै आएको कोठाभित्र लगेर जबरजस्ती करणी गरेको जाहेरी पश्चात चौधरीलाई पक्राउ गरिएको हो ।

शुक्रबार प्रहरीमा जाहेरी परेपछि चौधरीलाई उनकै घरबाट करिब ११ बजे नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।