जनकपुरधामलाई डिजिटल स्मार्ट सिटी बनाउने आफ्नो अभियान : शिवशंकर साह हिरा

जनकपुुरधाम, १ बैशाख । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा मधेस प्रदेशको राजधानी जनकपुरधाममा मेयर पदका आकांक्षी उम्मेदवारहरु घरदैलो अभियानमा जुटेका छन् ।
बिहीबार नयाँ वर्ष २०७९ सालको अवसर पारेर नेकपा एमालेबाट जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका आकांक्षी उम्मेदवार शिवशंकर साह हिराले जनकपुरधामका ज्येष्ठ नागरिकहरुसँग घरघरमा गएर आशीर्वाद थापेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१० का ज्येष्ठ नागरिकहरुसँग आशीर्वाद लिँदै मेयर पदका लागि तयारी थालेको हिराले बताए ।
नेकपा एमाले मधेस प्रदेश समिति सदस्यसमेत रहेका हिराले जनकपुरधामको समग्र विकास, स्वच्छ, हराभरा र सुन्दर तथा समृद्ध जनकपुरधाम निर्माणका लागि नगरवासीहरुको साथ र सहयोगको अपेक्षा गरेको र यसमा आफूलाई सबैको साथ रहेको दावी गरे ।

उनले जनकपुरधामलाई डिजिटल स्मार्ट सिटी बनाउने आफ्नो अभियानमा नगरवासीको साथ र सहयोग रहेको बताए ।
उनीसँग वडा नम्बर–१० का वडाअध्यक्ष पदका आकांक्षी उम्मेदवार सुशील कर्णसमेत घरदैलो अभियानमा जुटेका छन् । कर्णले वडालाई व्यवस्थित विकास र सफा सुग्धर बनाउने आफ्नो योजना रहेको सुनाए ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


