मोरङ, १ बैशाख । प्रहरीले मोरङको विराटनगरबाट १२० किलो अवैध लागुऔषध गाँजा बरामद गरेको छ ।

विराटनगर महानगरपालिका–१८ फोरलाइनस्थित सडकमा को १ च ५३०१८ नम्बरको पिकअप भ्यानबाट सो परिमाणको गाँजा बरामद गरेको हो ।

बुधबार राति उक्त परिमाणमा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

फोरलाइनस्थित सडकमा पिकअप भ्यान रोकी चालक फरार भएपछि इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले भ्यानको तलासी लिएको थियो ।

तलासीका क्रममा उक्त गाडीमा प्रहरीले गाँजा फेलापारी बरामद गरेको हो । हाल फरार भ्यानका चालकको प्रहरीले खोजी गरिरहेको छ ।