रौतहटका ५ स्थानीय तहका जनप्रतिनिधिले गरे सरकारी सवारी साधन फिर्ता

रौतहट, १ बैशाख । रौतहटका पाँच स्थानीय तहका जनप्रतिनिधिले सरकारी सवारी साधन फिर्ता गरेका छन् ।
निर्वाचन आचारसंहिता लागू भएसँगै पाँच पालिकाका प्रमुख, उपप्रमुख सहित वडाध्यक्षले सवारी साधन फिर्ता गरेका हुन् ।
गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले प्रयोग गर्दै आएको ना १ झ १६७५ र उपमेयर सुभद्रा गुप्ताले प्रयोग गर्दै आएको ना १ झ १६१५ नम्बरको स्कोर्पियो गाडी फिर्ता गरिएको हो । सो नगरपालिकाका वडाध्यक्षहरुले पनि सरकारी सवारी साधन फिर्ता गरेका छन् ।
रौतहटका १८ स्थानीय तहमध्ये यसअघि गौर, चन्द्रपुर, बोधीमाई र राजपुर नगरपालिकाका जनप्रतिनिधिले सरकारी सवारी साधन नगरपालिकालाई फिर्ता गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


