अध्यादेशमार्फत प्रहरी भर्ना गर्ने मन्त्री साहको भनाइ

जनकपुरधाम, १ बैशाख । मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले अध्यादेशमार्फत प्रहरी भर्ना गर्ने बताएका छन् ।
बिहीबार जनकपुरधाममा पत्रकारसँग कुराकानी गर्दै मन्त्री साहले संघ सरकारले प्रहरी समायोजन नगरे आफूहरुले अध्यादेश ल्याएर भएपनि भर्ना प्रक्रिया अगाडि बढाउने बताए ।
मन्त्री साहले बैशाख ३० गतेसम्म संघीय प्रहरी ऐन ल्याएर प्रहरी समायोजन गर्न संघीय सरकारलाई अल्टिमेटम दिएको बताए ।
उनले भने, ‘मधेश सरकारले तीनै तहको सरकारको सम्बन्ध सुमधुर होस्, संविधानले दिएको अधिकार सुनिश्चित होस् भन्ने अपेक्षा राखेको छ । संघीय सरकारले अबिलम्ब समायोजनको प्रक्रिया अगाडि बढाउने विश्वास राखेको छु तर अहिलेसम्म संघीय सरकार अनिच्छुक देखिएको छ । ३० वैशाखसम्म समायोजन नगरे अध्यादेश ल्याएर भर्ना प्रक्रिया अगाडि बढाउँछौं ।’
उनले विधेयकबाट जाँदा बढी समय लाग्ने भएकाले अध्यादेश मार्फत नै जाने बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


