सुनसरी, १ बैशाख । सुनसरीमा ट्रकको ठक्करबाट एक प्रहरी हवल्दारको मृत्यु भएको छ ।

प्रहरी हवल्दार शिवनन्द मण्डलको बिहीबार बिहान उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

बुधबार दिउँसो मोटरसाइकलमा सवार उनलाई ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएका थिए ।

बुधबार कोसी लोकमार्गमा पर्ने दुहवी नगरपालिका–८ मा बा १ क ८८१७ नम्बरको ट्रकले को ३६ प ५४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मण्डल गम्भीर घाइते भएका थिए ।

मोटरसाइकल प्रहरी सहायक निरीक्षक सनम राजवंशीले चलाएका थिए ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार प्रहरी हवल्दार शिवनन्द मण्डलको मृत्यु भएको हो ।

दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।