नगराईन नगरपालिका-२ मा एकमात्र महिला वडाध्यक्ष सिफारिस

जनकपुरधाम, ३० चैत । धनुषाको नगराईन नगरपालिका वडा नम्बर २ को वडाध्यक्ष पदका लागि एकमात्र महिला उम्मेदवार इन्दु कर्णको नाम सिफारिस भएको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नगराईन नगरपालिका वडा नम्बर २ को वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट १० जनाको नाम सिफारिस भएकोमा कर्ण एक्लै महिला उम्मेदवार हुन् ।
कांग्रेसनिकट नेपाल महिला संघको जिल्ला कार्यसमितिमा समेत काम गरेको अनुभव बटुलेकी कर्ण लामो समयदेखि कांग्रेसमा सक्रिय छन् ।
सामाजिक गतिविधिमासमेत उनले सक्रिय भूमिका निर्वाह गर्दै आइरहेकी छन् ।
नगराईन नगरपालिका वडा नम्बर २ बाट कर्णका साथै सतेन्द्र निधि, विश्वनाथ ठाकुर, देवलाल यादव, ललेन्द्र चौधरी, रामकुमार ठाकुर, रामनिवेश यादव, बेचन चौधरी र बुद्धु मण्डलको नाम वडाध्यक्षका लागि सिफारिस भएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


