मालपोत कार्यालय धनुषाबाट श्रेस्ता च्यातेको आरोपमा एकजना पक्राउ

जनकपुरधाम, ३० चैत । मालपोत कार्यालय धनुषाबाट श्रेस्ता च्यातेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
भूमी सुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झा पक्राउ परेको एक दिन नबित्दै कर्यालयमा श्रेस्ता च्यात्ने अर्का एकजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका बनौली बस्ने ६४ वर्षीय विक्रम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यसअघि मंगलबार कार्यालयका निमित्त प्रमुख झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटेको टोलीले ५ लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।
उक्त घटनाको एक दिन नबित्दै श्रेस्ता च्यातेको आरोपमा एकजना पक्राउ परेका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


