पर्सा, ३० चैत । नेकपा एमाले पर्साले वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवारमा विजय कुमार सरावगीलाई सिफारिस गरेको छ ।

बुधबार बसेको एमाले वीरगञ्ज महानगर कमिटीको बैठकले सर्वसम्मत रूपले सरावगीलाई उम्मेदवार चयन गरेको हो ।

केही दिन अगाडि मात्र मेयर सरावगी जनता समाजवादी पार्टी(जसपा) छाडेर एमाले प्रवेश गरेका हुन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा उनी तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट मेयरमा निर्वाचित भएका थिए ।