जनकपुरधाम, २९ चैत । लोकतान्त्रिक समाजवादी पार्टीले धनुषाको शहिदनगर नगरपालिकाको मेयर पदका लागि दुईजनाको नाम सिफारिस गरेको छ ।

लोसपाको नगर कमिटीले बिनोद प्रसाद रोहिता र रामकुमार भिनवारको नाम सिफारिस गरेको हो ।

त्यस्तै उपमेयरका लागि समेत दुईजनाको नाम सिफारिस गरिएको छ ।

उपमेयरका लागि रिता देवी ठाकुर र राधा देवी मण्डलको नाम सिफारिस गरिएको लोसपाको पालिका कमिटीले जनाएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरुले आ–आफ्नो उम्मेदवारको नाम सिफारिस गरिरहेका छन् ।